अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ

२७ बैशाख २०७७, शनिबार १४:१६

काठमाडौं , भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचौर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो। विरोध प्रदर्शनमा सहभागी करिब ३० जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।