नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

२६ बैशाख २०७७, शुक्रबार १९:०५

नेपालगन्ज, बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले १६ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टी गर्नु भएको हो । योसँगै नेपालमा कोराना संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।