
काठमाडौं, आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो । सांसदहरू बस्ने कुर्चीबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्नेलगायतका उपाय अपनाइएको छ ।
