संघीय संसदका नवनियुक्त महासचिव गौतमद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

२३ बैशाख २०७७, मंगलवार १४:२४

काठमाण्डौ , संघीय संसदका महासचिव डा भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त महासचिव गौतमलाई संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संसदीय दलका नेता, सचेतकहरु, समितिका सभापतिहरुलगायत उपस्थित हुनुहुन्थ्यो ।

गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदको महासचिव नियुक्त गर्नुभएको हो ।