नेता बुद्धीबहादुर रायमाझीको निधन

२३ बैशाख २०७७, मंगलवार १२:४२

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका नेता बुद्धीबहादुर रायमाझीको फोक्सोको क्यान्सरका कारण निधन भएको छ । सोमबार अपरान्ह काठमाडौमा उपचारको क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो । कम्युनिष्ट आन्दोलनका क्रममा १४ बर्ष जेल जिवन बिताइसक्नु भएका रायमाझी पूर्व शिक्षक समेत हुनुहुन्थ्यो । रायमाझीका १ श्रीमती २ छोराछोरी छन् । रायममाझीको पशुपति आर्यघाटमा दाह संकार गरिएको छ। उहाँको पार्थिव शरिरमा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको झण्डा ओढाएका थिए।