नेपालका तारे होटल ६ महिना बन्द गर्ने निर्णय

२२ बैशाख २०७७, सोमबार १८:५७

काठमाडौं, कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने भएकाले ६ महिनाका लागि होटलको सेवा बन्द गर्ने निर्णय गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनु भयो ।