संसदको महासचिवमा गौतम नियुक्त

२२ बैशाख २०७७, सोमबार १८:२६

काठमाडौं , संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतमलाई नियुक्त गरिएको छ । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा महासचिवमा नियुक्त गरेको स्रोतले जनाएको छ।

नव नियुक्त गौतम संसद सचिवालयका सचिव हुनुहुन्थ्यो । उहाँले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्नु भएको छ भने उहाँ २०५१ सालमा संसद सेवा प्रवेश गर्नु भएको थियो ।