
काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिनु भयो ।
