थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख २०७७, आईतवार १६:५८

काठमाडौं, आइतबार थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ। १० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित हुनेहरुमा पर्साका ३६ वर्षीय युवक र वाँकी ९ जना नेपालगञ्जका रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्।