सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित होः शंकर पोखरेल

२१ बैशाख २०७७, आईतवार १५:३७

काठमाडौं , प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय सबैको जित भएको बताउनु भएको छ ।
नेकपा नेतासमेत रहनु भएका पोखरेलले सचिवालयको निर्णय गलत प्रवृत्तिको हार भएको उल्लेख गर्नु भएको छ ।

‘हिजोका सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो, सबैलाई बधाई, यात्रा जारी छ’ सामाजिक सञ्जालमा लेखनु भएको छ ।