
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि संसद बैठक आह्वान गर्नु भएको हो । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।

