आज विश्व प्रेस स्वतन्त्रता दिवस

२१ बैशाख २०७७, आईतवार १४:४०

काठमाडौ , आज नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित संघ संस्थाहरुले प्रेस स्वतन्त्रता दिवस मनाउँदै छन्। हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण भौतिक रूपमा उपस्थिति भएर भन्दा पनि भर्चुअल माध्यमबाट यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिंदैछ। नेपालमा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले कोरोनाको महामारीलाई ध्यानमा राख्दै डिजिटल संवादको आयोजना गरेर यो दिवस मनाउँदै छ।विश्वका लोकतान्त्रिक मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई विशेष महत्व दिइन्छ।