५० हजार घुससहित धामी पक्राउ

१९ बैशाख २०७७, शुक्रबार १३:५७

काठमाडौं , कैलालीको गौरीगंगा नगरपालिका १० निवासी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार धामीले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गौरीगंगा नगरपालिका ८ बढैपुर बजारबाट बिहीबार हिरासतमा लिएको हो।