आज मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस

१९ बैशाख २०७७, शुक्रबार १२:१७

काठमाडौं , आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस हो। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो।