२ जना फोटो पत्रकारले मात्र संसद भवन प्रवेश पाउने

२६ बैशाख २०७७, शुक्रबार १३:२५

काठमाडौं , आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । संसदीय रिपोर्टिङका लागि पत्रकारहरुलाई संसद भवन प्रवेशमा रोक लगाईएको छ । सूचना सम्प्रेशनका लागि संघीय संसद सचिवालयले यसअघि झै युट्युब मार्फत दुबै सदनका बैठकको प्रत्यक्ष प्रशारण गर्ने संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनु भयो ।

बैठकको फोटो खिच्नका लागि २ जना मात्र फोटो पत्रकार पालै पालो पठाउने व्यवस्था गरिएको उहाँले बताउनु भयो । राष्ट्रिय समाचार समिति र फोटो पत्रकारहरुको संस्थाबाट एक जना गरी २ जना फोटो पत्रकारले मात्र संसद भवन प्रवेश पाउनेछन् ।

उनीहरु मार्फत अन्य सञ्चार माध्यमलाई फोटो उपलब्ध गराउने व्यवस्था गरिएको छ । वैशाख २८ गते वस्ने अर्को बैठकमा भने सिमित पत्रकारहरुलाई संसद भवनको क्यान्टिनसम्म प्रवेश दिने र त्यहाँ संसद बैठक प्रत्यक्ष हेर्न मिल्ने २ वटा मनिटर राख्ने योजना रहेको प्रवक्ता पाण्डेले बताउनु भयो ।