समाजसेवी सावित्राद्धारा राहत वितरण

१५ जेष्ठ २०७७, बिहीबार १६:४४

काठमाडौं , लकडाउनमा समस्या परेका बेला एकले अर्कालाई सहयोग गर्ने क्रम चलिरहेको छ । यो सामाजिक कर्तव्य र धर्म पनि हो, यही भावनलाई आत्मसात गर्दै काठमाडौंका बुढानिलकण्ठकी साबित्रा थापाले पनि एक लाख रुपैंया बराबरको राहत सामग्री वितरण गरेकी छिन् ।
उनले बाहिरबाट काठमाडौं आएर बस्ने विभिन्न व्यक्तिलाई परेको समस्यालाई बुझ्दै खाद्यान्नका साथै आवश्यकीय वस्तु उपलव्ध गराएकी हुन् । सेवा नै धर्म भएकाले जतिसक्दो सेवा गर्नुपर्छ भन्ने उनी समाजका हरेक राम्रा गतिविधिमा संलग्न हुँदै आएकी छिन् । उनले बुढानिकलकण्ठ नगरपालिकाका ३० र स्वयम्भुका २० परिवार र व्यक्तिलाई राहत वितरण गरेकी हुन् । आफूले गरेको सेवाको चर्चा गर्नुभन्दा पनि कर्तव्य पालन गरेको उनको भनाई छ । उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । कोरोना भाइरसका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन अस्तव्यस्त भएको हुँदा समस्या परेकालाई सहयोग गरेको उनले बताइन् ।
राष्टिय प्रजातन्त्र पार्टिकी केन्द्रीय सदस्य उनी राजनीतिक दलहरुले यो संकटको समाधानका लागि पहल गर्नुपर्ने बताउँछिन् । सभाचन फाउण्डेसनकी अध्यक्ष र सजिलो वचत तथा ऋण सहकारी संस्था बाँसबारी काठमाडौंकी प्रवन्धक रहेकी उनी यो असहज अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गर्छिन् ।