संक्रमितको संख्या ३५७ पुग्यो, सोमबार एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि

५ जेष्ठ २०७७, सोमबार १८:५६

काठमाडौँ , नेपालमा सोमबार एकैदिन ५३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँके, रौतहट र बारामा गरी थप ५३ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार सोमबार बाँकेमा थप ४७ र गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा एक एक जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु मध्ये एक जना महिला र बाँकी सबै पुरुष हुन्।

यसअघि सोमबार बिहान पुष्टि भएका नौ जनासमेत गर्दा ६२ जना थप संक्रमति भएका हुन् । यद्यपि ५३ जनाको भने सोमबार दिउँसो पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । साथै उपचारपछि निको भएर ३६ जना घरमा फर्किएका छन् ।