बलात्कार आरोपमा एक युवक पक्राउ

४ जेष्ठ २०७७, आईतवार १३:२७

कपिलवस्तु , किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुमा एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो ।