नेपालमा सातजना कोरोना भाइरस संक्रमित थपिए

२७ बैशाख २०७७, शनिबार १३:३०

काठमाडौं, उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३, ३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्।