नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

२ जेष्ठ २०७७, शुक्रबार ११:५६

काठमाडौं , नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।