नेताको घरघरमा नक्सा पुर्‍याउँदै हिँड्ने सस्तो लोकप्रियतावादी काम छोड्नोस्

११ जेष्ठ २०७७, आईतवार १८:२६

काठमाण्डौ , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले अहिलेको समय लोकप्रिय कमाउने नभइ कोरोना नियन्त्रणको बारेमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले ट्विटरमा लेख्नुभएको छ, नेताहरुको घरघरमा नक्सा पुर्‍याउँदै हिँड्ने सस्तो लोकप्रियतावादी काम छोड्नोस् । काम नभएका मन्त्रीजीहरुलाई कोभिड १९ नियन्त्रणको लागी जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् ।