थप एकजनामा कोरोना संक्रमित देखियो, संक्रमितको संख्या २१८ पुग्‍यो

३१ बैशाख २०७७, बुधबार १४:१३

काठमाडौं , फेरि नेपालमा थप एकजना कोरोना संक्रमित थपिएका छन्। बाँके जिल्ला नेपालगञ्ज ८ नम्बर वडा निवासी ३६ वर्षीय पुरुष हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ। धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पुष्टि गर्नु भएको हो ।