जनकपुरमा थप अर्का पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

३१ बैशाख २०७७, बुधबार १३:४२

काठमाडौं , जनकपुरमा पनि थप अर्का पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जका दुई पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधाममा फेरी अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताउनु भयो । ती पत्रकार मुटुको बिरामी भएको बताइएको छ ।