अस्पतालको झ्याल तोडेर कोरोना संक्रमित फरार

११ जेष्ठ २०७७, आईतवार १२:११

काठमाडौं , अस्पतालको झ्याल नै तोडेर कोरोना फरार भएका छन् । आईतबार बिहानै प्रादेशिक अस्पताल जनकपुरधामको आईसोलेसन कक्षमा उपचाररत एक संक्रमित व्यक्ति फरार भएको धनुषा प्रहरीले जनाएको छ ।

फरार हुने कोरोना संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष भएको बताइएको छ । ती व्यक्तिको मानसिक सन्तुलन गुमेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी भइरहेको छ ।