रुकुम घटनाः जातीय विभेदविरुद्ध गीत सार्वजनिक

१६ जेष्ठ २०७७, शुक्रबार १६:४०

काठमाडौं , पश्चिम रुकुममा भएको हिंसात्मक घटनाको बिषयमा जातीय विभेदविरुद्ध गीत सार्वजनिक भएको छ । उक्त घटनामा जाजरकोटका पाँच जना युवकको ज्यान गएको छ भने एक युवक अझै बेपत्ता भएका छन् ।

गाउँलेहरुले जाजरकोटका युवक नवराज बिकलगायत सबैलाई जातीय विभेद तथा आक्रमण गरेर मारेको पीडित पक्षको भनाइ छ । त्यही घटनालाई लिएर ‘भेदभाव’ नामक गीत बजारमा आएको हो ।

उक्त गीतमा लोकदोहोरी गायीका पूर्णकला बिसी र गायक अमृत खातीले आवाज दिएका छन् । गायक खातीकै शब्द रचना र संगीतमा विशाल फिल्मस् युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।