इतिहास बोलको गीत सार्वजनिक (भिडियो )

१२ जेष्ठ २०७७, सोमबार ०९:१५

काठमाडौ‌ं , सीमा अतिक्रमणको विषयलाई समेटेर इतिहास बोलको गीत सार्वजनिक भएको छ। विन्दास मिडिया नेटवर्कले निर्माण गरेको इतिहास बोलको रास्ट्रिय भाव बोकेको गीत नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको छ ।

गीत आहा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पत्रकार रवीन्द्र सुबेदीले तयार पारेको शब्दमा संचारकर्मी, तथा कलाकार चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिबेश गुरुङ र प्रवीण भट्टको आवाज रहेको छ ।

जिबेश गुरुङले यस गीतको भिडियोलाई निर्देशन गरेका छन्। गीतको संगित संयोजन ओम सुनारले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गीतमा प्रवीण भट्टको सम्पादन तथा छायांकन नवराज उप्रेतीको रहेको छ। यसको निर्माण संयोजक टंक कार्की (छिमेकी) ले गरेका छन्। गीत लाई ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गितमा चिरञ्जीवी सापकोटा, जिबेश गुरुङ र प्रवीण भट्टको मुख्य भुमिका रहेको छ भने सहयोग भुमिकामा दिपशन परियार र बिनय सापकोटा छन्।