‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल’ बोलको गीत सार्वजनिक

११ जेष्ठ २०७७, आईतवार १६:२३

काठमाडौं , समुन्द्र केसीको प्रस्तुति ‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल’ बोलको गीत सार्वजनिक भएको छ ।

लिप्सिङसहितको अडियो युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतमा कैलाश क्रान्तिको संगीत तथा कृष्णभक्त राईको एरेन्ज रहेको छ । गायक निर्मल सुब्बा लगायतकोे स्वर समेटिएको गीतकार केसीले बताए ।

गायक सुब्बाले तीन दर्जन बढी गीतमा स्वर भरिसकेका छन् भने केही लिम्बु भाषाका गीतसमेत गाएका छन् । गायक सुब्बाले यस गीतको म्युजिक भिडियो केही समयपछि निर्माण गर्ने जानकारी दिए ।