केपी ओलीको विकल्प प्रचण्ड मात्रै हुन्ः साह

१७ बैशाख २०७७, बुधबार १२:२८

काठमाडौं, नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व छाडेर एकतालाई रोज्‍न नेताहरूलाई आग्रह गर्नु भएको छ । नेकपाभित्रको विवादबारे नेता साहले संकटपूर्ण स्थितिमा एकताको प्रतीक बन्दै आर्थिक संकटको सामना गरेर तीव्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिनु भएको छ । अबको प्रधानमन्त्री को त ? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही ? भन्‍ने प्रश्‍नमा नेता साहले भन्नु भयो प्रधानमन्त्रीको विकल्पमा जानैपरे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन। कोरोना भाइरसको महामारीका कारण देशले ठूलो आर्थिक समस्याको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता होइन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ,