सरकार फेरिन्छः रायमाझी -हेर्नुहोस भिडियो

१६ बैशाख २०७७, मंगलवार १६:३४

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य टोपबहादुर रायमाझीले कसैलाई बाचुञ्जेल प्रधानमन्त्री बन्न पार्टीले नपठाएको भन्दै सरकार फेरिने बताउनु भएको छ ।

योहो टेलिभिजनको विशेष सन्दर्भको कुराकानीमा जिवराज भण्डारीसँग कुराकानी गर्दै रायमाझीले तत्कालै स्थायी कमिटीको बैठकको आव्हान गर्नुपर्ने बताउनु भएको हो ।

रामयाझीले आवश्यकता अनुसार केन्द्रीय सदस्यहरुको बैठक पनि बोलाउन पर्ने बताउनु भएको छ ।
पुर्वउपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबिच भएको पार्टी एकतालाई बिचलन गराउँने खेलमा कोही नेता लागेमा आफै सिद्धिने बताउनु भयो ।

अर्घाखाँची जिल्लाका प्रतिनिधी सभा सदस्य समेत रहनु भएका रायमाझीले पार्टीलाई एकतावद्ध बनाउँनका लागी सबै लाग्नुपर्ने बताउनु भयो ।

हेर्नुहोस कुराकानीको भिडियो