लकडाउन बारे भोलिको बैठकमा निर्णय हुने

१३ बैशाख २०७७, शनिबार १४:५९

काठमाडौं , कोरोना भाइरसका कारण देशमा लागू गरिएको लकडाउन प्रकरणमा भोली अर्थात् आइतबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने भएको छ ।

आज उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सरकारलाई आवश्यक सुझाव दिन उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन आइतबारका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

कोरोना भाइरस रोकथामाका लागि देशमा लकडाउन गत चैत ११ गतेबाट सुरु गरिएको थियो ।