नेता वामदेव गौतमको पहलमा काठमाडौंमा रोकिएकाहरूलाई बर्दिया पठाइयो

१२ बैशाख २०७७, शुक्रबार १४:०८

काठमाडौ , नेकपा उपाध्यक्ष वामदेव गौतमको पहलमा काठमाडौंमा अलपत्र बर्दियाका युवा, विद्यार्थी तथा मजदुरहरूलाई बर्दिया पठाइएको छ ।

नेता गौतम तथा सांसद तुल्सी थापाको पहल तथा हेराल्ड कलेज सञ्चालक नारायणप्रसाद उपाध्याय तथा मोर्गन कलेजका सञ्चालक दीपेन्द्र भण्डारीको समन्वयमा उनीहरूलाई घर फिर्ता पठाइएको हो ।

उनीहरूलाई ६ वटा बसमा घर फिर्ता पठाउने क्रममा मित्रबन्धु अधिकारी, महेन्द्र विष्ट, प्रवेश महत क्षेत्री, शिशिर पौडेललगायतको समेत भूमिका थियो ।

एक महिनाभन्दा लामो समयदेखि काठमाडौंमै रोकिएका युवा, विद्यार्थी तथा मजदुरहरूलाई घर पठाउनुका साथै बेखर्ची भएकाहरूलाई सहयोग तथा जिल्लामा स्वास्थ्य सामग्री समेत उपलब्धताका लागि सहयोग गर्दै आएको नेता गौतमको सचिवालयले जनाएको छ ।