ईन्भेष्टमेन्ट कम्पनीद्धारा राहत वितरण

११ बैशाख २०७७, बिहीबार १७:२१


काठमाडौं , एन्एच् टेडिन एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले मजदुर तथा दैनिक ज्यालादारी गरेर खानेका लागि राहत वितरण गरेको छ ।


कम्पनीका सञ्चालकहरु रामबहादुर विष्ट, राजेन्द्र प्रसाद हाडा, गोपाल अधिकारी, प्रकाश शेर्पाइलीलगायतले राहत उपलव्ध गराएका हुन् । उनीहरुले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको समन्वयमा जोरपाटीमा ९५ जनालाई राहत उपलव्ध गराएका हुन् ।

लकडाउनका कारण नागरिकको दैनिकी समस्यामा परेपछि कम्पनीले राहत उपलव्ध गराएको हो । शेपाइलीका अनुसार उनीहरुले चावहिलमा पनि अत्यावश्यक खाद्य सामग्री वितरण गरेका हुन् । उनले राहत लिन आउन नसक्नेका लागि घरमै लगेर उपलव्ध गराइएको पनि बताए । बर्दियाका युवा व्यवसायी जनक धामीले राहत सामग्री किन्नमा सहजीकरण र सहयोग गरेका थिए ।