अमेरिकी ग्रीनकार्ड रद्द, डिभी लोट्री पनि स्थगित

११ बैशाख २०७७, बिहीबार १५:५३

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन्।

पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ। अमेरिकी नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्। कोरोना भाइरस संक्रमण अवस्थाबारे जानकारी दिन ह्वाइटहाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो बताएका हुन ।

अमेरिका रहेका आफन्तबाट प्रायोजन (स्पोन्सर) सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ।