
काठमाडौं , प्रा डा गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गर्नु भएको छ ।
डडेल्धुरा अस्पतालमा रहेर बिरामीहरु हेरिरहनु भएका डा केसीले लकडाउनसँगै दूरदराजका विरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आएको बताउनु भएको हो । यही कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै उहाँले भन्नु भएको छ, ‘त्यस कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।’
उहाँले यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारलाई अपिल गर्नु भएको छ ।
