
काठमाडौं , हाम्रो स्वास्थ्यको लागि फाइदाजनक गेडागुडी हो चना । चनालाई भुटेर र भिजाएर पनि खान सकिन्छ । अझ भुटेको चनाको सेवन गर्नाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । खाँदा निकै मिठो हुने भुटेको चना दैनिक सेबन गर्ने गरेमा हाम्रो शरिरलाई धेरै फाइदा पुर्याउछ ।
यसमा कार्बोहाइड्रेट, प्रोटीन, कैल्शियम, आयरन र प्रशस्त प्रोटिन पाइन्छ । यसको सेबनले रोगप्रतिरोधी क्षमतामा बृद्धि गर्छ । यदि मोटोपनले हैरान हुनुहुन्छ भने पनि यसको दैनिक सेवन गर्नाले तौल घट्छ । यसले हाम्रो शरिरमा रहेको बोसो घटाउछ ।
कब्जियतका रोगीहरुका लागी पनि भुटेको चना राम्रो मानिन्छ । मधुमेह रोगीले पनि भुटेको चना खानु राम्रो हुन्छ । यसको दैनिक सेवन गरेमा दिमाग पनि तेजिलो हुन्छ । भुटेको चनाले पिसाब सम्बन्धि रोगबाट छुटकारा पाउन सकिन्छ । भुटेको चना खानाले पाचन शक्ति पनि बढाउछ । (क्यानाडानेपालबाट )
