
काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकंक्षाले देश अस्थिरताको दलदलमा फस्ने चेतावनी दिएको छ । राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाएर अध्यादेश जारी गरिएपछि प्रतिक्रिया दिँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा अधिनायकवादी आकंक्षा देखिएको जनाएको हो । सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको छु, राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,
कोभिड(१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको राजनीतिक दल सम्बन्धीु र ुसंवैधानिक परिषदसम्बन्धीु दुई अध्यादेश अनुपयुक्त,अनावश्यक र संविधानको भावना विपरित रहेको हाम्रो ठहर छ। राजनीतिक दलसन्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिको राप्रपाले जनाएको छ
संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताका रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा आउने राप्रपाले उल्लेख गरेको छ। सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आईपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ। राप्रपाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई आग्रह गरेको छ।
