ऊर्जामन्त्री पुनले भन्नुभयो- जेठ ७ गतेसम्म विद्युत महशुल तिर्दा पनि जरिवाना लाग्दैन

६ बैशाख २०७७, शनिबार १३:०६

काठमाडौं, सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महशुल तर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महशुल तिर्न नक्नेलाई जरिवाना नगर्ने बताउनु भएको हो ।

मन्त्री पुनले सामाजिक संजाल ट्वीटरमार्फत जेठ ७ गतेसम्म विद्युत महशुल तिर्दा पनि जरिवाना नलाग्ने निर्णय गरेर निर्देशन भइसकेको बताउनु भएको छ । जेठ ७ गतेसम्म विद्युत महशुल तिर्दा पनि जरिवाना लाग्दैन, उहाँले भननु भएको छ , निर्णय र निर्देशन भइसकेकोछ ।

यद्यपि उहाँले अनलाईबाट तिर्न सक्ने ग्राहकले महशुल तिरेर प्राधिकरणको वित्तीय जोखिमलाई न्यूनीकरणका लागि सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।