दुई सहसचिव सचिवमा बढुवा

२ बैशाख २०७७, मंगलवार १८:५१

काठमाडौं , सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रशासनतर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनु भयो ।

यस्तै इन्जिनियरिङतर्फका सहसचिव राईलाई सचिवमा बढुवा गरेर नेपाल ट्रस्टमा खटाइएको छ ।

यस्तै नेपाल ट्रस्टका सचिव र प्रदेश २ का हालका प्रमुख सचिवको सरुवा भएको छ ।