अब घरमै बसेर चलचित्र बुलबुलु हेर्नुहोस्, शुक्रबार रिलिज हुँदै

२ बैशाख २०७७, मंगलवार १४:४३

काठमाडौं , चर्चित अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुषालको चलचित्र बुलबुल अब डिशहोममा हेर्न पाइने भएको छ । चलचित्र बुलबुल यही शुक्रबार ५ गतेबाट डिशहोममा घरमै बसेर हेर्न पाइनेछ । घरमै बसेर डिशहोमबाट यस चलचित्र हेर्न च्यानल नम्बर १०८ मा २२५ रुपैयाँ तिर्नुपर्ने छ ।

बिनोद पौडेलले निर्देशन गरेको यस चलचित्र हलमा धेरैले रुचाएका थिए । चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषालसँगै लक्ष्मी बर्देवा,दिपक क्षेत्री,उज्जवल अधिकारी,एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।