
हेटौँडा , मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । आज (मंगलबार) देखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ ।
