देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

१ बैशाख २०७७, सोमबार १५:४१

काठमाण्डौ , सोमबार र मङ्गलबार देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले सोमबार र मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मङ्गलबार भने देशका धेरै ठाउँमा पानी पर्नेछ ।

मङ्गलबार तराईमा पहाडको तुलनामा अलि धेरै हुरीबतास चल्ने मौसमविद् कँडेलको अनुमान छ ।