
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब राहत कोषलाई दिने घोषणा गर्नु भएको छ । सोमबार सामाजिक सञ्जालमार्फत उहाँले एक वर्षकोमध्ये २ महिनाको कोभिड १९ राहत कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्नु भएको हो । नेता श्रेष्ठले पदप्रतिष्ठा, सत्ताशक्ति र धनसम्पत्तिको सुख क्षणिक हुने पनि बताउनु भएको छ ।

