
काठमाडौं , मिथिला नगरपालिका ४ पुष्पलपुर खोलाबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन्। बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज १२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लोड भएको अवस्थामा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
