संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी

२९ चैत्र २०७६, शनिबार १३:२०

एजेन्सी, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्। लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन्।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अदोनानले यस्तो बताएका हुन । गत डिसेम्बर ३१ तारिखका दिन चीनको उहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए। हाल यो संक्रमणले महामारीको रुप लिइसकेको छ। विश्वभर भेटिएका १६,९९,६३१ जना संक्रमित मध्ये अहिलेसम्म १,०२,७३४ जनाको ज्यान गइसकेको छ।