
काठमाडौं , मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशमा जीवनयापन गरिरहेकालाई सुरु गरिएको निःशुल्क भोजन जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा सुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० लाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनु भयो । पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ ।
