



काठमाडौं, २२ चैत । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद्को वैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नु भएको यो वैठकमा नेपालमा कोरोना भाइरस संक्रमितको बढ्दो संख्या र लकडाउनको समयावधि बढाउने या नबढाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
जारी वैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भइरहेको बताइएको छ । वैठकमा चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीको विषयमा भएको गम्भीर लापरवाहीको विषयले पनि प्रवेश पाएको वालुवाटार निकट स्रोतले जनाएको छ ।