
म्याग्दी , हिमाली जिल्ला म्याग्दीमा लकडाउनका कारण नुन, तेल र ग्यासको अभाव भएको छ। चामल, दाल, आँटा, मैदा लगायत खाद्यान्न दुई महिनाका लागि मौज्दात रहे पनि नुन, तेल र ग्यासको अभाव देखिन थालेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष उत्तम कर्माचार्यले उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेकाले नुन, तेल र ग्यासको स्टक सकिएको बताउनु भयो । बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्नको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।
