संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२४ चैत्र २०७६, सोमबार १७:११

काठमाडौं , आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोनाका कारण प्रतिनिधिसभा बैठक चैत ७ गते यता बस्न सकेको छैन ।

चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।