भीरबाट लडेर महिलाको मृत्यु

३० चैत्र २०७६, आईतवार १७:१०

ओखलढुंगा , खिजिदेवा ३ चण्डेश्वरी बस्ने ५२ वर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ। आइतबार बिहान साढे १० बजे चण्डेश्वरीस्थित गोरेटो बाटोमा हिँडिरहेको अवस्थामा उनी एक्कासि लडेर ५० मिटर खसेकी थिइन् । तल ढुंगामा ठोक्किएर सुनुवारको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीयले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।