जनताले चिन्दैछन कम्युनिष्टः सत्तारुढ दल नेकपाले कोरोना कोषमा एक रुपैयाँ दिएन

६ बैशाख २०७७, शनिबार १५:४७

काठमाडौं , कोरोना महामारीका लागि सरकारले आपतकालीन कोष बनाउने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ कोषमा जम्मा गरेको थियो । कांग्रेसका सांसदहरुले आधा महिनाको तलब पनि कोरोना कोषमा जम्मा गराएका थिए । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले कोरोना कोषमा ५ लाख रुपैयाँ जम्मा गर्यो । तर संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म एक रुपैयाँ सहयोग गरेको कुरा सार्वजनिक छैन । नेकपाले संस्थागत रुपमा सो कोषमा एक सुको सहयोग घोषणा समेत नगरेकोमा अधिकांश जनता अचम्मित भएका छन् ।सत्तामा रहेर पनि कम्युनिष्ट नेताहरुले यत्ति ठूलो विपत्तीमा सहयोगको भावना देखाउन सकेनन् ।

सत्तारुढ दल नेकपाले कोरोना कोषमा औपचारिक रुपमा सहयोग गरेको छैन । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले व्यक्तिगत रुपमा कोषमा २ महिनाको तलब जम्मा गर्ने बताएपनि पार्टीले औपचारिक र संस्थागत रुपमा कोषमा एक सुको हालेको छैन ।